काठमाडौं । नेपाल फुटबल क्लब संघको अध्यक्षमा कर्माछिरिङ शेर्पा चयन भएका छन्। सहिद स्मारक ए, बी र सी डिभिजन लिग खेल्ने ४२ मध्ये ३२ क्लबको भेलाले शेर्पालाई अध्यक्ष चुनेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्षसमेत रहेका शेर्पा हिमालयन शेर्पा क्लबका अध्यक्ष हुन्। कार्यसमितिमा ए डिभिजन लिगबाट ६ जना, बी डिभजबाट ४ जना र सी डिभजबाट ३ जना गरी १३ सदस्य छन् ।
उपाध्यक्षमा विजय घले (मनाङ मर्स्याङ्दी क्लब), महासचिवमा उपेन्द्रमान सिंह (मध्यपुर युथ एसोसिएसन), सचिवमा ध्रुवविक्रम पाण्डे (सानेपा क्लब) र कोषाध्यक्षमा मनोरथ आचार्य (एसएसस स्पोर्ट्स साँगा) निर्वाचित भएका छन् ।
सदस्यहरुमा इन्द्रमान तुलाधर (संकटा क्लब), विश्वास विक्रम शाह (फ्रेन्ड्स क्लब), कपिल राना (सातदोबाटो युथ क्लब), दिकेन सुवाल (एनआरटी), रामकुमार तामाङ (नयाँ बस्ती युवा क्लब), शिक्षित पराजुली (सरस्वती युवा क्लब) र सदस्य दिपक ज्ञावली (मनोहरा युनाइटेड क्लब) चयन भएका छन् ।
प्रतिक्रिया