Logo

मनोरञ्जन

हैरानी दिएको भन्दै टिभी होस्ट विशाल भण्डारी र कमेडियन विक्की अग्रवालविरुद्ध उजुरी



काठमाडौं । फिल्म निर्देशक राजु गिरीले टेलिभिजन कार्यक्रमका होस्ट विशाल भण्डारी र कमेडियन विक्की अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । भण्डारी र अग्रवालले सञ्चालन गर्ने टिभी कार्यक्रमले आफ्नो बौद्धिक सम्पत्तिमा धावा बोलेको र हैरानी दिएको भन्दै गिरीले उजुरी दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले गिरीले दर्ता गरेको उक्त उजुरीलाई जिल्ला प्रहरी परिसर, टेकुमा पठाएको छ । विशाल भण्डारीले होस्ट गर्ने टिभी कार्यक्रम कमेडी क्लब विथ च्याम्पियनको भाग ६९ मा आफ्नो मानमर्दन हुने गरी सामग्री प्रसारण गरिएको गिरीले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार २०:०९   :  बजे

1.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।