नेपाल राष्ट्र बैंकले कम समयका अवधिका लागि निक्षेप राख्ने निक्षेप (कल डिपोजिट) मा दिने न्यूनतम ब्याजदरको ५० प्रतिशतभन्दा बढी ब्याज दिन नमिल्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्षका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले माग तथा अल्प सूचनामा आधारित निक्षेप (कल डिपोजीट)मा बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदरको ५० प्रतिशतभन्दा बढी ब्याज प्रदान गर्न नपाइने व्यवस्था गरेको हो । यस्ता खाताहरुमा चेक जारी गर्न पनि पाँइदैन ।
कल डिपोजिट तथा संस्थागत मुद्घती निक्षेप बाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दुसम्म बढाउन सकिने छ ।
यसअघिको व्यवस्थामा माग तथा अल्प सूचनामा आधारित निक्षेप (कल डिपोजीट) मा बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदर भन्दा बढी ब्याज प्रदान गर्न नपाइने व्यवस्था रहेको थियो ।




















प्रतिक्रिया