Logo

खेलकुद

एसीसी इमर्जिङ कप : आज नेपाल र पाकिस्तान ‘ए’ भिड्दै



एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नाे पहिलाे खेलमा आज शुक्रवार पाकिस्तान ‘ए’ सँग खेल्दैछ।

श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा १० बजे सुरु हुनेछ ।

प्रतियोगितामा आफ्नो प्रमुख टोली पठाउने नेपाल एकमात्रै टोली हो । तर नेपालका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले खेल्ने छैनन् भने करण केसी र ज्ञानेन्द्र मल्ललाई नेपालले विश्राम दिएको छ ।

आजको अर्को खेलमा भारत र यूएईबीच खेल हुनेछ । हिजो बिहीवारदेखि सुरु भएको प्रतियोगितामा श्रीलङ्का र अफगानिस्तानले विजयी सुरुवात गरेका छन् । श्रीलङ्का ’ए’ ले बङ्गलादेश ’ए’ लाई ४८ रनले तथा अफगानिस्तान ’ए’ ले ओमान ’ए’ लाई ७२ रनले हरायो ।

नेपालले दोस्रो खेल भारतको ‘ए’ टोलीसँग साउन १ गते र तेस्राे खेल यूएईको ‘ए’ टोलीसँग साउन ३ गते खेल्नेछ । नेपाल समूह ‘बी’ मा छ । त्यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमानका ‘ए’ टोली छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार ०८:२९   :  बजे

288
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।