काठमाडौं । एसीसी इमर्जिङ एशियाकपमा पाकिस्तानविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ ।
श्रीलंकाको कोलोम्बो क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले १४औं ओभरको समाप्तिमा सात विकेट गुमाएर ६९ रन बनाउँदा सात विकेट गुमाएको छ ।
समूह ए मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र ओमान ए छन् । समूह बी मा नेपाल, भारत, पाकिस्तान र युएईको ए टोली छ ।
नेपाल बाहेक अन्य सबै एसोसिएट टोलीले दोस्रो रोजाईको टोली पठाएको छ । नेपालले दोस्रो खेल भारतसँग सोमबार र युएई ए सँग बुधबार खेल्नेछ ।
बिहीबारदेखि सुरु भएको एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट आगामी जुलाई २३ सम्म हुनेछ।




















प्रतिक्रिया