Logo

अर्थ

लगातार उकालो लाग्दै सेयर बजार, कारोबार रकममा पनि वृद्धि



काठमाडौं । सेयर बजार मंगलबार पनि उकालो लागेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ९.९१ अंकले बढेर २१५४.०७ को विन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.०४ अंकले बढेर ४०७.१३ को विन्दुमा उक्लिएको छ । साढे ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये ८६ लाख ७६ हजार ४३८ कित्ता सेयर ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँमा किनबेच भएका छन् ।

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १.५५ प्रतिशतले उकालो लागेको छ । उत्पादन तथा प्रशोधन समूहमा १.३६ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.०८ प्रतिशत, लगानी समूहमा ०.१८ प्रतिशत, जीवन बीमा समूहमा ०.१५ प्रतिशत, लघुवित्त समूहमा ०.४३ प्रतिशत र अन्य समूहमा ०.४९ प्रतिशतको बढोत्तरी भएको छ ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.४५ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ०.८८ प्रतिशतले घट्दा वित्त समूहमा ०.२१ प्रतिशत, जलविद्युत समूहमा ०.४१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३७ प्रतिशत र व्यापार समूहमा ०.३५ प्रतिशतको गिरावट आएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १५:४८   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।