Logo

अर्थ

दोहोरो अंकले बढ्यो सेयर बजार



काठमाडाैं । आज सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सेयर बजार मापक नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ को विन्दुमा उक्लिएको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.३३ अंकले बढेर ४१०.४६ को विन्दुमा पुगेको छ । सवा ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । हिजो साढे ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २६० कम्पनीका ८६ लाख ७४ हजार १०९ कित्ता सेयर ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९०० रुपैयाँमा कारोबार भएका छन् ।

यो दिन व्यापार समूह सर्वाधिक ४.८३ प्रतिशतले उकालो लागेको हो । बैंकिङ समूह २.३१ प्रतिशतले बढ्दा विकास बैंक समूहमा १.२२१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१४ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.२५ प्रतिशतको बढोत्तरी भएको छ ।

आज अन्य समूह सर्वाधिक ०.९६ प्रतिशतले ओरालो लागेको छ । वित्त समूह ०.९४ प्रतिशतले घट्दा होटेल तथा पर्यटन समूहमा ०.६४ प्रतिशत, जलविद्युत समूहमा ०.८२ प्रतिशत, लगानी समूहमा ०.३५ प्रतिशत, जीवन बीमा समूहमा ०.४० प्रतिशत, लघुवित्त समूहमा ०.५० प्रतिशत र निर्जीवन बीमा समूहमा ०.०२ प्रतिशतको गिरावट आएको छ ।

आज युनाइटेड अजोड इन्स्योरेन्सको सर्वाधिक २३ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

एनआईसी एसिया बैंकको,शिवम सिमेन्ट, फर्स्ट माइक्रोफाइनानस, हिमालयन लाइफ इन्स्योरेन्स, कुमारी बैंक, एसियन लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक, प्रभु बैंक र लुम्बिनी विकास बैंकको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार १६:०८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।