Logo

अर्थ

विमानस्थलबाट बरामद गरिएकाे सुनमा मेरो संलग्नता छैन : व्यवसायी मल्होत्रा



काठमाडौं । व्यवसायी दीपक मल्होत्राले त्रिभुवन विमास्थलबाट मंगलबार बरामद भएको सुन प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले बरामद भएको सुनसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताए ।

मंगलबार बरामद भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको समाचार आएको थियो । मल्होत्राले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन्।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १४:०५   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।