काठमाडौं । कान्तिपुर टेलिभिजन एचडीमा प्रसारण हुँदै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द भएको छ । टेलिभिजनले बिहीबार सूचना जारी गर्दै कार्यक्रमको उत्पादन तथा प्रसारण रोकिएको जनाएको छ ।
महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रम रोकिएको टेलिभिजनले जनाएको छ । गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले कुराकानी गरेका थिए । सो क्रममा महिलालाई मजाकको विषय बनाइएको भन्दै व्यापक आलोचना भएको थियो । आलोचनापछि कान्तिपुरले उक्त एपिसोडलाई हटाएको थियो ।
बिहीबार जारी सूचनामा कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने जनाएको छ ।





















प्रतिक्रिया