काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । सेयर बजार मापक नेप्से परिसूचक १.३१ अंकले ओरालो लागेर २१६३.९२ को विन्दुमा झरेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.०५ अंकले बढेर ४१०.५२ को विन्दुमा उक्लिएको छ । कारोबार रकम भने हिजोको तुलनामा घटेर ३ अर्ब रुपैयाँ बढीको भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ । आज नेप्से सूचीकृतमध्ये २६४ कम्पनीका ८४ लाख २४ हजार १०८ कित्ता सेयर ३ अर्ब ५ करोड २४ लाख १० हजार ६५९ रुपैयाँमा कारोबार भएका छन् ।
त्यसैगरी, व्यापार समूह सर्वाधिक ६.३५ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १.३९ प्रतिशत बढ्दा जलविद्युत समूहमा ०.९४ प्रतिशत, विकास बैंकमा ०.२६ प्रतिशत र बैंकिङ समूहमा ०.०९ प्रतिशतको बढोत्तरी भएको छ ।
आज म्युचुअल फन्ड समूह सर्वाधिक १.२१ प्रतिशतले ओरालो लागेको छ । निर्जीवन बीमा समूह १.१२ प्रतिशतले घट्दा वित्त समूहमा ०.७९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.३६ प्रतिशत, लगानी समूहमा ०.४३ प्रतिशत, जीवन बीमा समूहमा ०.९९ प्रतिशत, लघुवित्त समूहमा ०.६१ प्रतिशत र अन्य समूहमा ०.४८ प्रतिशतको गिरावट आएको छ ।
आज, शिवम सिमेन्टको सर्वाधिक १४ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
त्यसैगरी, सोल्टी होटेल, हिमालयन लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक, नबिल बैंक, हिमालयन डिस्टिलरी, एसटीसी, युनाइटेड अजोड इन्स्योरेन्स, कुमारी बैंक र नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।




















प्रतिक्रिया