Logo

अर्थ

प्रभु बैंकबाट बिना धितो कर्जा प्रवाह, ग्राहकको बचत खाता प्रयोग गरी करोडौँ रकम हिनामिना



काठमाडौैँ । प्रभु बैंक (साबिकको सेञ्चुरी कमर्शियल बैंक)ले सर्वसाधारणको बचत रकमको सुरक्षण नगरी बिना धितो कर्जा प्रवाह गरेको पाइएको छ । ग्राहकको बचत खाता प्रयोग गरेर फर्जी ऋण बनाई  बचत खाताबाट आफुखुशी रकम झिकी खाता बन्द गरेको पाइएको हो । ललितपुर इमाडोल वडा नं ८ कित्ता नं मा जग्गा र घरको पुर्जा सिटिजन्स बैंकमा धितो बन्धक हुँदा हुँदै गैर कानुनी रुपमा त्रिपक्षिय करार सम्झौता गरी ऋण दिने कार्यमा हाल प्रभु बैंक तत्कालिन सेन्चुरी बैंक संलग्न भएको खुलेको हो । जुन बैंकिङ कसुर सजाय ऐनको दफा ७ को उपदफा (ङ) विपरित हो । प्रभु बैंकले ऋण दिएको करिव चार वर्षपछि २०७९।०९।११ गते शान्ता को नाममा त्रिपक्षीय करारनामा बमोजिमको कर्जा रकम भुक्तानी गरिसक्दा समेत बैंकमा धितो बापत राख्नपर्ने घर लिखत पास नभएको व्यहोराको पत्र पठाएपछि सो पुष्टि भएको हो ।

ललितपुर इमाडोल वडा नं ८ मा रहेको जग्गा र घरको पुर्जा सिटिजन्स बैंकमा धितो बन्धक हुँदा हुँदै गैर कानुनी रुपमा त्रिपक्षिय करार सम्झौता गरी ऋण दिने कार्यमा हाल प्रभु बैंक तत्कालिन सेन्चुरी बैंक संलग्न भएको खुलेको हो । जुन बैंकिङ कसुर सजाय ऐनको दफा ७ को उपदफा (ङ) विपरित हो । सामान्यतया अन्य बैंकले ग्राहक स्वयमकै नाममा जग्गा रजिष्ट्रेशन पास भएपछि बैंकको नाममा रोक्का गरे पश्चात मात्रै ऋण लगानी गर्न सकिने व्यवस्था छ । तर साबिकको सेन्चुरी बैंकले शान्ता शर्मालाई बैंकको नाममा जग्गा रोक्का छ, पछि नामसारी गरिनेछ भन्दै त्रिपक्षीय करारनामा मार्फत लगानी गर्न पाउने अधिकार रहेको भन्दै विभिन्न गोप्य दस्तावेजहरुमा हस्ताक्षर गराई ऋण प्रवाह गर्छ ।

शर्मा,ग्रीनहिल सिटी हाउजिङ र सेन्चुरी बैंकबीच २०७५ असार १८ गते भएको सम्झौताअनुसार खरिदकर्ताले हाउजिङसँग खरिद गरि लिने घरजग्गा ललितपुरको महालक्ष्मी नगरपालिका वडा न ९ साविक इमाडोल गाविस वडा नं ८ स्थित ग्रीन हिल सिटी प्रालिको नाममा दर्ता श्रेस्ता कायम रहेको कित्ता नम्बर ५२३ जग्गाको जम्मा क्षेत्रफल २२६.८६ वर्गमिटर भएको सो जग्गामा बन्ने जम्मा क्षेत्रफलको ९६२.५१ वर्गफिटको ग्रीनहिल सिटि, इमाडोल सामुहिक आवास योजना अन्तर्गतको घर नम्बर १५ रहेको र उक्त जग्गामा करारनामा अनुसार नक्सा डिजाइन बमोजिम घर निर्माण कार्य सम्पन्न गरी फिनिसिङ समेत गरिदिने उल्लेख छ ।

१ करोड ३ लाख रुपैयाँ नगद हाउजिङ कम्पनीलाई बुझाइसकेकी शर्माले नपुग रकमका लागि बैंकसँग त्रिपक्षीय करारनामा गरेकी थिइन् । सोही बमोजिम बैंकबाट लिएको ऋणका लागि भन्दै शर्मा किस्ता तिरिरहन्छिन् । ऋणको साँवा ब्याज बुझाउने किस्ताको तालिका र पैसा राख्ने खाता नम्वर मात्रै दिइन्छ शान्तालाई बैंकबाट । एकाएक बैंकबाट बिना बोधार्थको पत्र उनको हातमा आउँछ, उनी किन हाउजिङमा जान पर्ने पत्र आफुलाई आयो छक्क पर्छिन् । बल्ल उनले आफुले लिएको ऋण हाउजिङ कम्पनीका नाममा नगई बैंककै कर्मचारीले दुरुपयोग गरेको थाहा पाउँछिन् ।किनकि शान्ता शर्माले उच्च अदालत पाटनमा दायर गरेको मुद्दा उपर ग्रीनहिल हाउजिङले पेश गरेको लिखित जवाफमा आफुले पाउनुपर्ने थप रकम शर्माबाट नपाएको भन्ने जानकारी गराएको छ ।यता शर्माले बैंकबाट हाउजिङ कम्पनीका नाममा गएको भनिएको बैंकको ऋणको किस्ता बुझाइरहेकी छिन् उता हाउजिङ कम्पनीले भने पैसा नपाएकोले शान्ताको नाममा दिने भनिएको घर पास गर्न नसक्ने जवाफ दिन्छ । यसबाट पनि बैंकको बदमासी प्रष्ट हुन्छ । यदि यस्तो हुन्थेन भने हाउजिङ कम्पनीलाई पैसा बुझाइसकेको भनेको प्रभु बैंकले आफ्नो नाममा धितो सुरक्षण गरिसक्नुपर्ने थियो ।

फर्जी कर्जा एक करोड प्रवाहपछि खाता बन्द

बैंक कर्मचारीको मिलेमतोमा ग्राहकको खातामा फर्जी कर्जा एक करोड प्रवाह पछि भुक्तानी गरी खाता बन्द गरिएको पाइएको छ । पब्लिक इनोभेटर दिपेन्द्र कँडेलसमक्ष पीडित शर्माले दिएको कागजातका अनुसार शर्माले थाहै नपाई हाल प्रभु तत्कालिन सेञ्चुरी बैंकमा रहेको उनको नारी बचत खाता नं …००८६४ मा अनधिकृत रुपमा एक करोड रुपैयाँ ऋण बापतको रकम जम्मा गरिएको थियो ।

बैंकले सो रकम अन्यत्र पठाउन ग्राहकसँग अनुमति नै नलिई एमसी चेक काटेर भुक्तानी गरी सोही दिन खाता बन्द गरेको भेटिएको  छ। बैंकिङ कसुर तथा सजाय ऐन २०६४को दफा ३ अनुसार ग्राहकको अनुमति बिना खाताको रकम हिनामिना गर्न नपाइने उल्लेख छ ।

प्रभु बैंकसँग रकम भुक्तानी र खाता बन्दको विषयमा सोधपुछ गर्दा बैकले जवाफ दिन सकेको छैन ।यस विषयमा हामीले प्रभु बैंकका डीसीइओ मनोज न्यौपानेसँग बुझ्न खोज्दा आफुलाई जानकारी नभएको र बैंकमा आएर बुझ्न सुझाव दिएका छन् ।

शान्ताका अनुसार १ करोडको कर्जाको रकम पहिल्यै दुरुपयोग भएकोमा पूनः अर्को एक करोड उनकै नाममा फर्जी ऋण खडा गरी बचत खातामार्फत रकमान्तर गरिएको हो । यसरी लाखौँ सर्वसाधारणको विश्वास स्वरुप बैंकमा जम्मा गरिएको बचत रकम जथाभावी फर्जी ऋण बनाउँदै बाँड्ने काम हुनु, बिना धितो कर्जा प्रवाह हुनु र बिना जानकारी ग्राहकको खातामा रकम जम्मा गरिनु, थाहै नदिई झिकिनुले बैंकमा सर्वसाधारणको बचत जोखिममा छ भन्ने बुझ्न कठिनाई छैन ।

यसरी ग्राहकको सम्पत्ति मनपरी ढंगबाट बैंककै कर्मचारीको मिलेमतोमा हिनामिना गरिनुले प्रभु बैंकले बैंकिङ कसुरलाई प्रश्रय दिएको पुष्टि हुन्छ । ग्राहक शर्माले यस्ता गैरकानूनी कारोवारमा संलग्न बैंक र बैंकका कर्मचारीलाई हदैसम्मको कारबाही गराउन राष्ट्र बैंकसमक्ष समेत निवेदन दिएकी छिन् । राष्ट्र बैंकबाट भने गलत गर्ने बैंकलाई कारबाही गर्न तदारुकता नदेखाएको बताएकी छिन् ।

यो पनि

प्रभु बैंकका सीइओ शेरचनको अर्को बदमासी, टाट पल्टिएको शिव शिखर एग्रोका नाममा झण्डै १ अर्व ऋण प्रवाह

कहिले टुंगिएला वित्तीय अपचलनमा मुछिएका प्रभु बैंकका सिईओ शेरचनको मुद्दा ?(भिडियो रिपोर्ट)

प्रभु बैंकमा शेरचनको मनोमानी, ससुराकै नाममा अर्बौ ऋण प्रबाह, राष्ट्रबैक मुकदर्शक

प्रभु बैंकका सीइओ शेरचनको अर्को बदमासी, टाट पल्टिएको शिव शिखर एग्रोका नाममा झण्डै १ अर्व ऋण प्रवाह

‘पावरफुल’ कर्मचारी रश्मी पन्तले चलाउँछिन् प्रभु बैंक, ‘सिनियर’ डेपुटी सीइओहरु निरिह

देउराली सहकारीको ५ अर्बको सम्पत्ति एक अर्बमै हडप्ने दाउमा प्रभु बैंक, बचतकर्ता चिन्तित

सिइओ अशोक शेरचनको स्वार्थले प्रभु बैंकको अर्बौँ रुपैयाँ डुब्ने जोखिममा

कहिले टुंगिएला वित्तीय अपचलनमा मुछिएका प्रभु बैंकका सिईओ शेरचनको मुद्दा ?(भिडियो रिपोर्ट)

सिइओ अशोक शेरचनको स्वार्थले प्रभु बैंकको अर्बौँ रुपैयाँ डुब्ने जोखिममा

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार १९:२१   :  बजे

468
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।