Logo

प्रमुख समाचार

जनकपुरधामको सुरक्षा अस्पतालमा तनाव



जनकपुरधाम । उपचारको क्रममा महिलाको मृत्यु भएपछि जनकपुरको रामानन्दचोकस्थित सुरक्षा अस्पताल तनावग्रस्त बनेको छ ।

जनकपुरधाम उपमहानगरपालिका १५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको मृत्यु भएपछि तनाव बढेकाे हाे। बुधबार पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी उनको आज शुक्रबार दिउँसो मृत्यु भएको हो ।

उनको मृत्युभएपछि आक्रोशित आफन्तजन र स्थानीय बासिन्दले अस्पतालमा प्रदर्शन गरेका छन् । आफन्तजनले सडक समेत अवरुद्ध गरेका छन् । अहिले सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार १९:२१   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।