Logo

खेलकुद

मेसीले डेब्यु खेलमै गोल गरेपछि इन्टर मियामी विजयी



एजेन्सी । लिओनल मेसी डेब्यु खेलमै गोल गर्न सफल भएपछि इन्टर मियामी विजयी भएको छ । लिग कप साउथ अन्तर्गत समूह सी को खेलमा मेसीले इन्जुरी टाइमको चौथो मिनेटमा फ्रिकिकमार्फत गोल गरेपछि इन्टर मियामीले क्रुज अजुललाई २–१ ले पराजित गरेको हो ।

मेसी डेब्यु खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । त्यसअघि थोमस टेलरले ४४औं मिनेटमा गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । क्रुजका उरियल अन्टुनाले ६५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

तर मेसीले इन्जुरी टाइममा गोल गर्दै इन्टर मियामीलाई नाटकिय जित दिलाए । मेसी यसै समरमा पेरिस सेन्ट जर्मेन छाडेर मेजर सकर लिग क्लब इन्टर मियामी पुगेका हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार १२:३२   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।