काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजार उछाल आएको छ । आज सेयर बजारमा ६३.२४ अंकको उछाल आएको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जा दिए बापत कायम गर्नुपर्ने जोखिम भार पुनरावलोकन गर्ने भएको छ । चालु आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंकले सेयर धितो कर्जा, घरजग्गा र हायर पर्चेज कर्जाको विद्यमान जोखिमभारको व्यवस्था परिमार्जन गर्ने निर्णय गर्न्दै राष्ट्र बैंक केही लचक बनेको हो ।
आज सेयर बजार मापक नेप्से परिसूचक ६३.२४ अंकले बढेर २२२७.१६ को विन्दुमा उक्लिएको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १४.४१ अंकले बढेर ४२४.९३ को विन्दुमा पुगेको छ । ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहममा हरियाली छाएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २६६ कम्पनीका एक कराेड २० लाख २ हजार ३०८ कित्ता सेयर ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँमा कारोबार भएकाे छन् ।




















प्रतिक्रिया