काठमाडौं । नेपाली कांग्रेसका सहमहमन्त्री बद्रीप्रसाद पाण्डे वर्तमान सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिन सक्नुपर्ने बताएका छन् । आगामी चुनावमा कांग्रेस एक्लै लड्ने कि गठबन्धन गरेर लड्ने भन्ने निर्णय अहिले गर्नुभन्दा पनि पार्टीलाई बलियो बनाउने सबै एक भएर लाग्नुनपर्नेमा उनको जोड थियो ।
आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री पाण्डेले भने, ‘अहिलेको गठबन्धनलाई जोगाएर स्थिरि शासन दिन सकियो भने परिणाम राकारात्मक आउँछ भन्ने लाग्छ । २०८४ को निर्वाचनमा कसरी लड्ने भन्ने कुरा अहिले निर्णय गर्नुभन्दा पार्टी बिलायो बनाउनेतिर लागौं ।’
पार्टीले अर्को आर्थिक एजेन्डा उठाउनुपर्ने सहमहमन्त्री पाण्डको भनाइ थियो । ‘पार्टीले उठाउनुपर्ने आर्थिक एजेन्डा पनि हो । अहिले केन्द्रको बजेट, प्रदेशको बजेटमा असन्तुष्टि छ’, उनले भने, ‘राजनीतिक संकटका बेला राजनीतिमा मोचन गर्न नेतृत्व गर्ने पार्टी कांग्रेस हो । अहिलेको यो आर्थिक समस्या समाधानका लागि पनि विशेष पहल लिनुपर्छ ।’
त्यसका लागि फेरि दाता सम्मेलन गर्न सहमहामन्त्री पाण्डेको प्रस्ताव छ । ‘भूकम्पका बेला देश भौतिक रुपमा हल्लिएको थियो । यतिखेर अर्थतन्त्र संकटमा पर्ने डरले मानिसको मन त्यो भन्दा धेरे हल्लिएको छ । त्यसबेला रामशरण महत अर्थमन्त्री हुँदा गरिए जस्तै देशलाई आर्थिक रुपमा उठाउन दाता सम्मेलन किन नगर्ने ? अहिले पनि हाम्रै अर्थमन्त्री हुँदा देशलाई आर्थिक रुपमा उठाउने काम किन नगर्ने ?
नेपालको अहिलेको मुख्य समस्या सुशासन भएको सहमहामन्त्री पाण्डेले बताए । सुशासन नहुँदा यो देशमा भविष्य छैन भनेर युवाहरु विदेशीने क्रम बढेको उनको ठहर छ । ‘सेनामा पनि भ्रष्टाचार, निजामति प्रशासन पनि चोखो छैन र न्यायलयमा पनि भ्रष्टाचार छ भनिन्छ । भ्रष्टाचारका निम्ती माल्दार ठाउँमा जाने कुराको प्रतिस्पर्धा चलिरहेको हुन्छ’, उनले भने, ‘राजनीतिक नेतृत्व पनि स्वच्छ छैनन् भन्ने छ । बदनाम भएका राजनीतिक नेतृत्वमा स्वच्द्धता पनि छ भन्ने प्रमाणित गर्न सम्पत्ति छानबिनका लागि तयार हुनुपर्छ ।’
छानबिन गरेर स्रोत नखुले जफत गर्नेसम्मको काम गर्नुपर्ने पनि सहमहामन्त्री पाण्डेको सुझाव छ । यसो गर्न सकिए मात्र भंग भएको विश्वास फर्काउन सकिने उनको भनाइ छ । पछिल्लो समय सरकारले भ्रष्टाचारका काण्ड छानबिन थालेकोमा कांग्रेसले पनि जस लिन सक्नुपर्ने सहमहामन्त्री पाण्डेको भनाइ थियो ।
‘पछिल्लो समय आएका भ्रष्टाचार काण्ड छानबिन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र मओवादी केन्द्रले मात्र गरेका होइनन्’, उनले भने, ‘कांग्रेसले बनाएको प्रचण्ड र प्रचण्डले बनाएका गृहमन्त्री । यसमा कांग्रेसले स्वामित्व लिनुपर्छ । कांग्रेसकले भ्रष्टाचारका यी कण्डमा मात्रै होइन यति ओम्नी लगायत नेकपाकालका सबै भ्रष्टाचारका काण्ड छानबिन गर्न सक्नुपर्छ ।’




















प्रतिक्रिया