Logo

प्रमुख समाचार

ललिता निवास प्रकरण : नक्कली मोही बनेर जग्गा हडप्ने थप २ जना पक्राउ



काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जन रहेका छन् ।

नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरुलाई नक्कली मोही बनाएर रामकुमार सुवेदी, मीनबहादुर गुरुङ र शोभाकान्त ढकाललगायतले सरकारी जग्गा हडपेको पाइएको छ ।

ललिता निवास प्रकरणमा आइतबार नापी कार्यालयका पूर्वकर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका थिए । यो प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत हालसम्म १९ जना पक्राउ परेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १४:५९   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।