Logo

प्रमुख समाचार

पार्टीले प्रदेशको भूमिकालाई ध्यान दियोस् : कृष्णप्रसाद सिटौला



काठमाडाैं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रदेशको भूमिकालाई ध्यान दिनुपर्नेमा जोड दिएका छन् । पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले भने, ‘महामन्त्रीहरुले ल्याउनुभएको प्रस्तावमा मेरो धेरै कमेन्ट छैन । तर पार्टीले प्रदेशको भूमिकालाई चाहिँ ध्यान दिइयोस् ।’

नेता सिटौलाले नागरिकको दैनिक समस्यालाई सम्बोधन गर्ने प्रस्ताव भने बैठमा नआएको बताए । ‘हामी बैठक बस्दै गर्दा जनतालाई हामीले के दिन खोजिरहेका छौं भन्ने कुरा छैन । जनताको दैनिक समस्यालाई सम्बाधेन गर्ने प्रस्ताव आवस् । जनतालाई चाहिएको र खोजेको विषयमा कांग्रेस के भन्छ यो कुरा आवस् ।’

यसअघिको कार्यकालको उपलब्धिबाट जनता सन्तुष्ट नरहेको भन्दै नेता सिटौलाले जनतालाई कांग्रेसले सम्झेको छ भन्ने सन्देश दिनेगरी काम गर्नुपर्ने बताए । ‘यसअघिको कार्यकालको उपलब्धिबाट जनता सन्तुष्ट छैनन् । अब हामीले सविधानले मैलिक हकमा रुपमा स्वास्थ्य, शिक्षा जस्ता विषय प्रस्तावको रुपमा पासै गरिदिउँ । जनताको दैनिक समस्यालाई कांग्रेसले सम्झेको भन्ने सन्देश हामीले दिन सक्नुपर्छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १७:५४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।