Logo

राजनीति

बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्न गगन थापाको लिखित माग



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालृकष्ण खाणलाई पार्टीबाट निलम्बन गर्न सभापति शेरबहादुर देउवासमक्ष लखित माग राखेका छन् । सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा सभापति देउवालाई बुझाएका लिखित पत्रमा नाम उल्लेख नगरे पनि पुर्पक्षका लागि थुनामा रहेका खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने मत प्रकट गरेका हुन् ।

आफ्नो १३बुँदे मतमा थापाले जुनसुकै तहको नेता, कार्यकर्ता वा सदस्य अनुसन्धानको दायरामा आएपछि अनुसन्धान प्रक्रियालाई सहयोग गर्न मुद्दाको अन्तिम किनारा नलाग्दासम्म पार्टीको पदीय भूमिकाबाट राजीनामा दिनुपर्ने उल्लेख गरेका छन् ।

‘गम्भीर आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय हो, पार्टीको विषय बन्नु हुँदैन । पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा आरोपित हुनसक्छ । तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नुहुँदैन’, उनको भनाइ छ ।

यदि उक्त व्यक्तिले पार्टीबाट आफूलाई अलग नराखे वा राजीनामा नदिएमा मुद्दाको न्यायिक निरुपण नहुँदासम्म सार्वजनिक पद वा पार्टीको संलग्नता वा जिम्मेवारीबाट अलग राख्नुपर्नेमा थापाले जोड दिएका छन् । यदि विगतमा पार्टीले अनुसरण गरेको परम्परा गलत छ भने त्यसलाई सच्याउनुपर्ने उनको धारणा छ ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तथा अनुसन्धानको दायरामा आएका कुनै पनि तहका नेता, कार्यकर्ता वा सदस्यलाई पार्टीबाट निलम्बन गरौं । जसरी संसदबाट निलम्बन हुन्छ, त्यसरी पार्टीबाट पनि हुन्छ । यो नै विधिको शासन र विधिशास्त्रको मान्यता हो’, थापाले भनेका छन् ।

 

  • याे पनि…

सुशासन र भ्रष्टाचार नियन्त्रणबारे यस्ताे छ गगन थापाको १३ बुँदे प्रस्ताव (पूर्णपाठसहित)

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार २०:२४   :  बजे

702
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।