Logo

समाचार

भदौं १ गतेबाट प्रदर्शनमा आउने चलचित्र जुबेलीकाे टिजर सार्वजनिक



काठमाडौँ । भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक एक मिनेट दश सेकेन्ड लामो टिजरमा लभ र रोमान्सका दृश्यहरुलाई बिशेष स्थान दिइएको छ। टिजरले दर्शकमा कौतुहलता बढाएको छ। चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् । चलचित्रले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए ।

एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रमा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । विवेक खड्काको छायाङ्कन र अन्जय खड्काको सम्पादन रहेको फिल्मका निर्माता आभा शर्मा नेपाल हुन् । चलचित्रको केही देशको विदेश राइट समेत बिक्री भएको निर्माताले शर्माले जानकारी दिइन् । चलचित्र ‘जुलेबी’ को वितरण डिसीएन र रिच इन्टरटेन्टमेन्टले गर्नेछन्। चलचित्रको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १६:१९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।