काठमाडौं । कानुन, न्याय तथा संसीय मामिला मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले १५औं महाधिशनमा डा. शेखर कोइरालालाई सभापति स्थपित गरेरै छाड्ने बताएका छन् । रुपान्तरणको नाम पार्टी सभापति बदल्ने कुरा नगर्ने तर रुपान्तरणको नेतृत्व भने शेखर कोइरालाले गर्ने उनको भनाइ छ ।
‘हामीले पार्टी रुपान्तरणको अभियान लिएर १४औं महाधिवेशनमा उठेका थियौं । त्यो रुपान्तरणको अभियान सकिएको छैन । विश्राम लिएका छैनौं,’ उनले भने, ‘अहिले नै रुपान्तरणको नाम पार्टी सभापति बदल्ने कि नबदल्ने भन्ने प्रश्न पनि उठ्छ । मैले अहिले नै खरो ढंगबाट पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्नँ, सक्दिनँ । भन्दिन पनि’, वीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै उपसभापति गुरुङले भने, ‘तर रुपान्तरणको नेतृत्व शेखर कोइरालाले लिने नै हो । त्यसमा हामी प्रस्ट हुनुपर्छ । १५औं महाधिवेशन टार्गेट गरेर अगाडि बढौं । १५ औं महाधिवेशनमा हामी शेखर कोइरालालाई उम्मेदवार मात्रै होइन सभापतिमै स्थापित गराउँछौं ।’
अहिले सभापतिसँग पदाधिकारीमाथि पनि प्रश्न उठेको उनको भनाइ छ । ‘अहिले सभापतिप्रति मात्र प्रश्न उठेको छैन । उपसभापतिप्रति पनि प्रश्न छ । भाषणले मात्र हुँदैन व्यवहारमा पनि फरक देखिनु पर्यो ,’ उनले भने ।




















प्रतिक्रिया