रौतहट । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहलाई कारबाही माग गर्दै मधेशका सत्ता गठबनले प्रदर्शन गरेका छन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीले साहलाई कारबाहीको माग गर्दै रौतहटमा प्रदर्शन गरेका हुन् ।
संयुक्त रुपमा सोमबार जुलुस प्रदर्शन गर्दै उनीहरुले गौर हत्याकाण्डको मुख्य दोषी साह भएको जिकिर गरेका छन् । त्यस्तै २३ असार २०६८ मो कुस्ती खेलाडी उपेन्द्र दास बैरागीको हत्या, रौतहटका शिक्षक सुनिल यादव, पर्साका काशीनाथ तिवारी लगायतका हत्यामा पनि प्रभु साहको संलग्नता रहेको प्रर्दशनकारीको जिकिर छ ।
यसअघि १ साउनमा प्रभु साह नेतृत्वको आम जनता पार्टीले गौर घटनाका दोषी भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवलाई कारबाहीको माग गरेको थियो ।




















प्रतिक्रिया