Logo

प्रमुख समाचार

केन्द्रीय समितिमा खुशी हुँदै सभापति देउवाले भने– ‘धेरै आलोचना होला भनेको, कम भयो’



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा आफ्नो आलोचना कम भएकोमा खुशी व्यक्त गरेका छन् । पार्टी मुख्यालय सानेपामा एक हप्ता बसेको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले धेरै आलोचना होला भन्ने सोचेको भएपनि कम नै भएको बताए ।

बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ’धेरै आलोचना होला भन्ने थियो, कम भयो । यसका लागि धन्यवाद ।’ उनले बैठकमा जीवन्त छलफल भएको बताए । बैठकको लाइभ गरेका कारण पार्टीमा एकसेएक योग्य नेताहरु छन् भन्ने सबैले बुझ्न पाएको समेत उनले बताए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १९:४१   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।