कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्धको रिटमाथि आजपनि सुनुवाइ हुने भएकाे छ ।
प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै सर्वाेच्च अदालतमा दायर गरिएको रिट निवेदनमाथि बिहीवार पनि सुनुवाइ हुने भएकाे हाे ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधवार सुनुवाइ हुँदाहुँदै नसकिएपछि बिहीवारका लागि हेर्दाहेर्दैमा राखिएको थियाे ।
न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमवार रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको थियोे ।
सभामुखको हस्ताक्षरका आधारमा मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको भन्दै नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले असार २२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा थापालाई मुख्यमन्त्री बनाउने प्रदेश प्रमुखको निर्णय बदर गर्न माग गरिएको थियो। यसमा सभामुख गौतम, प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाइएको छ।




















प्रतिक्रिया