काठमाडाैं । नेपाल बजारमा आज सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। योसँगै छापावाला सुन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ९५० रुपैयाँ पुगेको छ ।
हिजो बुधबार पनि सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँ कायम भएको थियो। हिजो चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया