काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक पूर्वअध्यक्ष नरेश कटुवालले माैद्रिक नीतिले साना उद्योगी व्यवसायीहरुकाे माग सम्बाेधन गर्न नसकेको बताए ।
संस्थापक पूर्वअध्यक्ष कटुवालले गत आईतवार राष्ट्र बैंकले जारी गरेकाे माैद्रिक नीतिबारे प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । उनले उत्पादन मुलुक उद्योग र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीतिमा भएको व्यवस्था वास्तविक व्यवसाउनु पर्ने बताए ।
उनले माैद्रिक नीतिले वर्तमान आर्थिक समस्या समाधान गर्न नसक्ने बताए । उनले सरकारले संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउने गरी साना व्यवसायी मैत्री माैद्रिक नीति बजेट ल्याउन नसकेको बताए ।
उनले उद्योगी व्यवसायीहरुको मागलाई केही सम्बोधन गरेको भएता पनि त्यतिले पुग्ने अवस्था नभएको बताए । संस्थापक पूर्वअध्यक्ष कटुवालले बजेट भाषण राम्रो भए पनि बजेट गरेको व्यवस्था आउन नसकेको उल्लेख गरे । उनले भने, ‘साना व्यवसायीहरुले वर्तमान समस्या माैद्रिक नीतिले सम्बाेधन गर्ने आशा थियो । तर माैद्रिक नीतिले बैंक ब्याजदर लगायतका विषयमा बाेलेकाे छैन । याे माैद्रिक नीतिले ब्याजदर कम गर्ने तर्फ उन्मुख भएको देखिदैन । याे नीतिले अर्थतन्त्र चलायमान बन्न सक्दैन ।’
पूर्वअध्यक्ष कटुवालले निजी क्षेत्रको मनोवल उच्च बनाउने गरि माैद्रिक नीति आउनुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताए । उनले माैद्रिक नीतिले ल्याएका कतिपय व्यवस्थाहरु सकारात्मक रहेको पनि बताए । पूर्वअध्यक्ष कटुवालले उत्पादनमूलक क्षेत्रमा बैंकको लगानी वृद्धि गर्नु कुरा सकारात्मक रहेको बताए ।
उनले माैद्रिक नीति वर्तमान समस्या समाधान उन्नमुख नभएको बताए । बजेटले सम्बाेधन गर्न नसकेका कुराहरू माैद्रिक नीतिले सम्बाेधन गर्ने निजी क्षेत्रकाे अपेक्षा पूरा नभएको बताए ।
उनले निजी क्षेत्रकाे कर्जा लक्ष्य १२.५ बाट ११.५ प्रतिशत झार्नुले सरकारले लिएको ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुन नसक्ने बताए । उनले उद्योग व्यापार व्यवसाय चलायमान बनाउन भएमात्रै सरकारले लिएको ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुन सक्ने बताए ।




















प्रतिक्रिया