काठमाडौं । कृषि विकास बैंकले गएको असार मसान्तसम्मको कर्जाको ब्याजदर आउँदो साउन १५ सम्ममा बुझाए तिर्नुपर्ने ब्याज रकमको सात प्रतिशत छुट दिने नयाँ व्यवस्था ल्याएको छ ।
कर्जा ग्राहकहरुलाई असार मसान्तसम्म बैंकलाई बुझाउनु पर्ने सम्र्पूण ब्याज रकम चुक्ता गरेमा भुक्तानी गरेको ब्याज रकममा ७ प्रतिशत छुट दिने व्यवस्था गरेकोमा उक्त अवधि लम्ब्याएर साउन १५ गतेसम्म पु¥याएको बैंकले जनाएको छ ।
नेपाली अर्थतन्त्रमा देखिएका विभिन्न समस्याका कारण बैंकबाट कर्जा लिई कारोबार गरिरहेका व्यवसायीहरुको ब्यययोग्य आयमा भएको कमीका कारण कर्जा ग्राहीहरुलाई ब्याज बुझाउन कठिनाई परेको भन्दै बैंकले यो विशेष सुविधा दिएको बताएको छ ।




















प्रतिक्रिया