Logo

प्रमुख समाचार

भेरी र भरतपुर अस्पतालमा अब एमडी, एमएस लगायतका शैक्षिक कार्यक्रमहरू पठनपाठन हुने



काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालमा भेरी र भरतपुर अस्पताल थपिएका छन् ।

गत चैतको मन्त्रिपरिषद्को बैठकले भेरी र भरतपुरलाई पनि आंगिक अस्पतालमा विस्तार गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार भेरी र भरतपुरमा अब एमडी, एमएस लगायतका शैक्षिक कार्यक्रमहरू पठनपाठन हुनेछन् ।

यसभन्दा अगाडि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ‘न्याम्स’ अन्तर्गत ९ वटा अस्पतालले सम्झौता गरेर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् । जसमा सिभिल अस्पताल, शहीद गंगालला राष्ट्रिय हृदयरोग केन्द्र, कान्ति बाल अस्पताल, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, मानसिक अस्पताल पाटन छन् ।

त्यसैगरी, नेपाल आँखा अस्पताल, तिलगंगा आँखा अस्पताल, रण अम्बिका आँखा अस्पताल र विराटनगर आँखा अस्पतालले न्याम्ससँग सम्झौता गरी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १८:३६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।