काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी कसैलाई पोस्न र पाल्न नबनेको बताएका छन् । पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेकोमा असन्तुष्टि जनाउँदै उनले रास्वपामा आबद्ध हुनु भनेकै उम्मेदवार बन्नु नभएको उनले बताए ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले सही नेतृत्व छान्न सके मात्रै मिसन २०८४ सफल हुने बताएका छन् । उनले सही व्यक्ति उम्मेदवार हुनुपर्ने स्पष्ट पारेका छन् ।
देशमा राम्रा नारा सबैले लगाउने गरेको बताउँदै लामिछानेले नारामा नभई पारा राम्रो हुनुपर्ने बताए । उनले नराम्रो काम गर्ने आफ्नो पार्टीका नेताहरुलाई तत्काल कारबाही गर्ने बताए ।




















प्रतिक्रिया