लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको महासचिवमा युवा व्यसायी जीवन तिवारीले उमेदवारी दिने घोषणा गरेका छन् । संघकाे आगामी भाद्र २२ र २३ मा हुने २७औं वार्षिक साधारणसभा तथा १४औं महाधिवेशनमा उनले महासिचव पदका लागि उम्मेदावरी दिने भएका हुन् ।
संघको १४औं महाधिवेशनबाट नयाँ पदाधिकारी चयन गर्ने कार्य तालिका रहेकाले उमेदवार बन्न इच्छुक व्यवसायीहरुले सामाजिक सञ्जाल मार्फत उमेदवारी घोषणा गरिरहेको अवस्थामा संघका वर्तमान कार्य समिति सदस्य तिवारीले शनिवार पत्रकार भेटघाट मार्फत महासचिव पदका लागि आफ्नो उमेदवारी घोषणा गरेका हुन् ।
संघमा विगत लामो समय युवा उद्यमशीलता उपसमिति हुँदै बर्तमान कार्य समितिका सदस्य समेत रहेका तिवारीले आम व्यवसायीहरुको सल्लाह र सुझावलाई मध्यनजर राख्दै महासचिव पदमा रहेर आम व्यवसायीकाे हकहितका सवालमा काम गर्ने गरि उमेदवारी प्रस्तुत गरेको बताएका छन् ।
पारिवारीक रुपमा पुर्ख्याैली देखि कास्कीको माझाठानाबाट व्यवसाय सुरु गर्दै आएका तिवारीले वर्तमान आवस्थामा लेखनाथको तालचोकमा फोटोग्राफी तथा भिडियोग्राफी व्यवसाय संचालन गर्दै आएका छन् ।
१० वर्ष शिक्षण पेशा हुँदै विद्यालय संचालकको समेत अनुभव संगालेका तिवारीले स्नातकोत्तर सम्मको अध्यानबाट सिकेका कुरालाई ध्यानमा राख्दै संघको ऐतिहासिक गरिमालाई परिस्कृत गर्दै आम ब्यवसायीहरुको हकहितका लागि प्रविधि मैत्री वातावरण सृजना गर्नु नै पहिलो लक्ष्य भएको बताएका छन् ।
युवाहरुले स्वदेशमा नै केही गर्नु पर्छ भन्ने वातावरण उद्योग बाणिज्य संघले सृजना गर्नु पर्छ भन्ने मान्यता राख्दै आएका तिवारीले युवा लक्षित कार्यक्रम मार्फत साना तथा मझौला ब्यवसायिहरुको आवाज उठाउनका लागि पनि आफू महासचिव पदका लागि उपयुक्त ठानेको बताए ।
यता लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनका लागि केही व्यवसायी नेताहरुले आफ्नो उमेदवारी घोषणा गरि सकेका छन् भने कतिपय उमेदवार पर्ख र हेरकाे अवस्थामा रहेकाले अहिलेसम्म महासचिव पदका लागि तिवारी र वर्तमान कार्य समितिकी उपमहासचिव जानुका अधिकारीका बिच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
संघको अध्यक्ष बन्न तयार रहेको वर्तमान वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, पूर्व महासचिव भरतकुमार अधिकारी, वरिष्ठ उद्धघोषक नेत्रपाणि वास्तोला, सल्लाहकार दयाराम तिवारी, पूर्वकार्य समिति सदस्य धीरजकुमार श्रेष्ठ र शैलेन्द्रमोहन भटराईले अध्यक्ष पदमा आफ्नो दाबा प्रस्तुत गरेका छन् ।
यसैगरि वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा, प्रथम उपाध्यक्षमा गोपिचन्द्र वास्तोला र उपेन्द्रराज सुवेदी राजुको नाम चर्चामा छ भने द्धितिय उपाध्यक्षमा विक्रम कर्माचार्यको नाम आएको छ । उपमहा सचिवमा भरतराज ओझा, भीमबहादुर नेपाली काईला र रामजी पौडेलले उमेदवारी दिने घोषणा गरेका छन् भने कोषाध्यक्ष पदमा दुवै जना वर्तमान कार्य समितिका सदस्य पुष्पमणि भण्डारी र ध्रुवबावु भटराईको नामचर्चा रहेको छ ।
यस पटक संघमा नवीकरण भएका व्यवसायीको संख्या एक हजार आठ सय ६६ रहेकाले सदस्य बनेका व्यवसायीहरुले मात्र चुनावमा भाग लिन पाउने छन् ।



















प्रतिक्रिया