Logo

प्रमुख समाचार

जति षड्यन्त्र गरेपनि भ्रष्टाचारविरुद्धको लडाइँ रोकिनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको फाइल सरकारले खोल्न थालेपछि गठबन्धन भत्काउन अनेकौँ षड्यन्त्र भइरहेको बताएका छन् ।

आइतबार राजधानीमा भएको समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले असफल बनाउन जति षड्यन्त्र गरेपनि कुनै हालतमा भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने जिकिर गरे ।

‘भ्रष्टाचारविरुद्ध जिहाद छेडिएको छ । यो राजनीति ‘स्टन्ट’को कुरा होइन । आगामी दिनमा हेर्दै जानुहोला अन्य फाइल खोलिनेवाला छ’, उनले भने, ‘ग्राउण्डमा तपाइँहरूको समर्थन व्यापक आवश्यक छ । यो ‘ब्याटल’ हो, हामीले जित्नै पर्छ ।’

प्रकाशित मिति : १४ श्रावण २०८०, आईतवार १४:४३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।