झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाको अनैतिक हर्कतसहितको भिडियो सार्वजनिक भएपछि क्वाटरको रङरोगन गर्न लगाएका छन्।
मदिराको नशामा एक महिलासँग अश्लील गतिविधि गर्दै गरेको भिडियो टिकटकमा सार्वजनिक भएपछि प्रमुख प्रशासकीय अधिकृत निरौलाले क्वार्टरमा आइतबार बिहानै रङरोगन गर्न लगाएका हुन् ।
सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा सरकारी क्वाटरमा एक युवतीसँग मदिराको नशाले लठ्ठ भएर टिकटक लाइभमा बसेका थिए ।
मदिराले लठ्ठिएका निरौला र ती युवतीले टिकटक लाइभमा बसेर अनैतिक हर्कत गरेको प्रष्टसँग देखन सकिन्छ।
सरकारी निवासमा भएको उक्त अनैतिक हर्कतको भिडियो सार्वजनिक भएपछि निरालाले प्रमाण नष्ट गर्न क्वाटरमा रंगरोगन गर्न लगाएका छन्।
भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । अहिले क्वाटरको रंगरोगन गरेर प्रमाण नष्ट गर्ने कोसिस भइरहेका छ । उनले आइतबार बिहानै उक्त क्वाटरमा रंग रोगन गरेर प्रमाण नष्ट गर्ने प्रयास गरेका हुन् ।
दमक घर भएका प्रमुख प्रशासकीय अधिकृत निरौला विवाहित र सन्तानका बाबुभएको खुलेको छ। उनका श्रीमती र छोराछोरी काठमाडौं बस्छन् । श्रीमती पनि उपसचिव हुन् । भिडिओकी महिला भने डिभोर्सी भएको बुझिएको छ ।




















प्रतिक्रिया