Logo

प्रमुख समाचार

साउन २९ देखि पुन: सत्याग्रह बस्ने डा. गोविन्द केसीकाे चेतावनी



काठमाडौं । प्राध्यापक डा. गोविन्द केसीले स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले सिटिइभिटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी अवैध निर्णय खारेज गर्न र दोषी पदाधिकारीलाई बर्खास्त गर्न तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति नबनाए साउन २९ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

साथै उनले सरकारी स्वास्थ्य संस्थाहरूबाट निशुल्क औषधि तथा उपचार प्रदान गर्नु पर्ने कानुनी प्रावधान कडाइका साथ लागू गर्ने लगायत २०७९ असोज आठ गते तथा विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्न माग गरेका छन् ।

स्वास्थ्य शिक्षाका विभिन्न विषयहरूमा सिटिइभीटीमा भर्ती भएका पार्टी कार्यकर्ता तथा माफियाहरूले अवैध रुपमा अघि बढाएको सिट निर्धारण र भर्ना प्रक्रिया रोक्न शिक्षा मन्त्रीले केही नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १६:४७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।