काठमाडौं । काठमाडौंको अनामनगरमा ५औं खिर दिवस मनाइएको छ । विगत ५ वर्षदेखि युवाहरुको अगुवाइमा मनाइँदै आइएको खिर दिवस आज साउन १५ गते पनि भव्य रुपमा मनाइएको हो ।
खिर दिवस आयोजक समितिका संयोजक वीरेन्द्र शल्यानीले खिर दिवस कुनै दल वा संस्थाको आयोजनामा नभई युवाहरुको अग्रसतामा विगत पाँच वर्षदेखि आजकै दिन विशेष कार्यक्रमबीच मनाइँदै आएको बताए । खिर दिवसमा झन्डै १५ सय हाराहारीको सहभागिता थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, भौतिक पुर्वाधारमन्त्री प्रकाश ज्वाला, कांग्रेस नेताहरु उदयशमशेर राणा, रामहरी खतिवडा, लिला बोखख्खम, प्रतिमा गौतम, भुपन्द्रजंग शाही, रञ्तिज कर्ण, क्षितिज भण्डारी लगायत विभिन्न दलको नेताहरुको उपस्थिति थियो ।
खिर दिवस कार्यक्रममा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो । त्यस्तै, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालसहित विभिन्न प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।




















प्रतिक्रिया