Logo

प्रमुख समाचार

रास्वपाका ४ सांसदलाई तत्काल कारबाही नगर्न उच्च अदालतको आदेश



काठमाडाैं। उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ४ सांसदलाई तत्काल जरिबाना नगर्न निर्वाचन आयोगकाे नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

निर्वाचन खर्चको विवरण सार्वजनिक गरेको जानकारी निर्वाचन आयोगलाई नगराएको कसुरमा उनीहरूलाई जरिबाना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हाे।

सोमबार उच्च अदालतले सांसदहरू सोबिता गौतम, विराजभक्त श्रेष्ठ, शिशिर खनाल र गणेश पराजुलीलाई जरिबाना नगर्न निर्वाचन आयोगलाई अल्पकालीन आदेश दिएको हो। अदालतले अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई साउन २२ गते बोलाएको छ।​

निर्वाचन खर्च सार्वजनिक गरेको विवरण नुबझाउने उमेदवारलाई आयोगले १५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको थियो। आयोगको निर्णयविरुद्ध बिहीबार रास्वपाका सांसदहरूले उच्च अदालतमा रिट दायर गरेका थिए।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार ०९:०३   :  बजे

744
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।