Logo

मनोरञ्जन

‘नेपाली भै बाँच्न’को म्युजिक भिडियो सार्वजनिक (भिडियो)



काठमाडौं । गायक डिजराज पौडेलको शब्द, स्वर र संगीत रहेको राष्ट्रिय गीत ‘नेपाली भै बाँच्न’ को भिडियो सार्वजनिक भएको छ ।

एन. बि. चाम्लिङले संगीत संयोजन गरेको उक्त राष्ट्रिय गीतको म्युजिक भिडियोमा चर्चित कलाकारहरु नबल खड्का, मोहन निरौला, सुरबिर पन्डित, रामचन्द्र अधिकारी, मुकुन्द थापा, शितल केसी, सुरेन्द्र खड्का, मनोज खतिवडा लगायत दुई दर्जनभन्दा बढी राष्ट्रिय कलाकारहरुको अभिनय गरेका छन् ।

उक्त गीतलाई म्युजिक नेपालले सार्वजनिक गरेको हो । सो गीतको छायाँकन र सम्पादन युबराज खत्रीले गरेका छ । निर्देशन घनश्याम तिमल्सिनाको रहेको बताइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार ११:३५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।