Logo

प्रमुख समाचार

माओवादी बैठकमा ७ सय ५८ जना सदस्य सहभागी हुने



काठमाडौं । बुधबारदेखि सुरु हुने नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा सात सय ५८ जना सहभागी हुने भएका छन् ।

काठमाडौँस्थित प्रज्ञाभवन कमलादीमा बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय समिति, केन्द्रीय विभाग र प्रदेश पदाधिकारी सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९८, तीनवटा आयोगबाट ७५ र प्रत्येक प्रदेशबाट एक सय जना सहभागी हुनेछन् ।

‘भोलिको बैठकलाई प्रभावकारी बनाउन हामी तयारीमा छौँ । ७ सय ५८ जना सदस्यलाई अहिले परिचयपत्र वितरण भइरहेको छ’, उनले बताए ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १६:२५   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।