काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी माओवादीको छ ।
बुधबार बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो । त्यसका लागि आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेश हुँदै छ । केन्द्रीय समितिबाट विधान संशोधन गरेपछि महिला, युवा र छुटेका केही सिनियर नेताहरुलाई केन्द्रीय समितिमा समावेश गर्ने माओवादी उपाध्यक्षसमेत रहेका पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठक आजदेखि प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ । माओवादी केन्द्रले सुरुमा केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको भएपनि पार्टीभित्रै विरोध भएपछि लाइभ नगर्ने निर्णय गरेको छ।




















प्रतिक्रिया