Logo

राजनीति

आफ्नो पार्टी सदस्य संख्या साढे ७ लाख रहेको माओवादीको दाबी



काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेको दाबी गरेको छ ।

बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन वाचन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सदस्य संख्या पनि सार्वजनिक गरेका हुन् ।

सबैभन्दा धेरै पार्टी सदस्य बागमतीमा रहेका अध्यक्ष दाहालले बताएका छन् । उनका अनुसार बागमतीमा १ लाख ४७ हजार ३५३,लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, मधेशमा १ लाख १६ हजार ९७५, कर्णालीमा ८५ हजार ७७४, गण्डकीमा ६६ हजार ६८७ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेका छन् ।

त्यस्तै सम्पर्क कमिटीहरुमा १९ हजार ३१२, काठमाडौं उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना रहेको रहेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार १५:२४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।