Logo

कोशी प्रदेश

काेशी प्रदेशमा भागवण्डा मिल्याे, मुख्यमन्त्रीसहित चार जनाले शपथ लिने



विराटनगर । काेशी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका छन् । मंगलबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्दैछन् ।

उनीसँगै माओवादी केन्द्रका बाबुराम गाैतम, नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगु र कांग्रेसबाट प्रदीप सुनुवारले शपथग्रहण गर्नेगरी भागवण्डा मिलेको हाे ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेका अनुसार सभामुखबाट मंगलबार राजीनामा दिएका गाैतमलाई आर्थिक मामिला तथा याेजना मन्त्रालय, जवेगुलाई भाैतिक पूर्वाधार मन्त्रालय र सुनुवारलाई पर्यटन मन्त्रालयकाे जिम्मेवारी दिने सहमति भएको छ ।

मुख्यमन्त्रीसहित चार जनाले शपथ ग्रहण गर्ने र विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी रहेकाे उनले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार १६:२६   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।