Logo

प्रमुख समाचार

राजेन्द्र लिङ्देनलाई कमल थापाले भने– सडकमा आउने हिम्मत गर्नुस्, सँगै आन्दोलनमा जान तयार छौं



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई व्यवस्था विरुद्ध सँगै आन्दोलन गर्ने प्रस्ताव गरेका छन् । सत्ताको फोहरी खेलमा नलागी सडक आन्दोलनमा आउन थापाले राप्रपालाई आग्रह गरे ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शन अनुसार विचार र आदर्श केन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा पनि समस्या नहुने स्पष्ट पारे ।

‘संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाको लागि जनआन्दोलनको विकल्प छैन । राप्रपाले सडकमा आउने हिम्मत गरोस्’ थापाले भने, ‘हामीसँगै आन्दोलनमा जान तयार छौं, नेतृत्व समस्याको विषय हुँदैन ।’

थापाले केशरबहादुर विष्ट, दुर्गा प्रसाईं, किशोरी महतोलगायत विभिन्न समूहमा रहेका शक्तिहरुलाई पनि एकताबद्ध भएर आन्दोलनको आँधिबेहरी सृजना गर्ने अभियानमा संलग्न हुन आह्वान गरे ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार १९:२९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।