काठमाडाैं । संवैधानिक परिषद्को बैठक आज (बिहीवार) पनि बस्दैछ ।
बैठक नयाँ प्रधानन्यायाधीशकाे नाम सिफारिसका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ५ बजे बस्न लागेको हो ।
यसअघि मंगलबार बसेको संवैधानिक परिषद्को बैठक विषयमा प्रवेश नै नगरी स्थगित भएको थियो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिवार्य अवकाशमा जाने भएपनि अहिलेसम्म नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि नाम सिफारिस हुन सकेकाे छैन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेपछि पनि संसदीय सुनुवाइको प्रक्रियासहित नियुक्त हुन समय लाग्नेछ ।
संविधानको धारा १८४ को उपधारा ३ मा ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्ने’ उल्लेख छ ।




















प्रतिक्रिया