Logo

राजनीति

महिला संघ सोलुखुम्बुको अध्यक्षमा सरला नाछिरिङ



सोलुखुम्बु । नेपाली कांग्रेसनिकट नेपाल महिला संघ सोलुखुम्बुको अध्यक्षको जिम्मेवारी सरला नाछिरिङ राईलाई दिइएको छ । संघ केन्द्रीय कार्यसमितिले रिक्त जिल्ला तदर्थ समितिको अध्यक्षमा नाछिरिङलाई मनोनयन गरेको हो ।

संघका केन्द्रीय अध्यक्ष उषा रावल मिश्रद्वारा हस्ताक्षरित मनोनयन पत्रमा देशभरको लोकतान्त्रिक महिलाहरुको एक मात्र साझा संस्था नेपाल महिला संघलाई थप सुदृढ एवं गतिशिल बनाउन भुमिका रहने विश्वास लिइएको उल्लेख छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार १९:१८   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।