Logo

प्रमुख समाचार

भगवती पाण्डे प्रकरण : बाबुराम भट्टराईले गरे प्रहरी प्रशासनको पञ्चायती शैलीको घोर भत्सर्ना



काठमाडौं । विवादास्पद अभिव्यक्ति दिने कानुन व्यावसायी भगवती पाण्डे (शीतल)लाई पक्राउ गर्न दबाब दिने क्रममा शान्तिपूर्ण प्रदर्शनमा रहेकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेकोमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । प्रहरीले प्रदर्शनकारीहरुमाथि अनावश्यक बल प्रयोग गरी दर्जनौंलाई घाइते बनाउनु, उल्टै घाइतेहरूलाई पक्राउ गर्नु र पक्राउपछि प्रहरी कार्यालयभित्र लगेर निर्घात कुटपिट गर्नुलाई भट्टराईले लोकतन्त्रको उपहास भनेका छन् ।

‘तामाङ र मगरलगायतका जाति, समुदायको संस्कारलाई लिएर विवादास्पद अभिव्यक्ति दिने कानुन व्यावसायी भगवती पाण्डे ९शीतल० लाई पक्राउ गर्न अदालतले आदेस जारी गरेपछि पनि प्रहरी प्रशासनले पक्राउ नगरेपछि पक्राउ गरियोस् भनी माग राख्दै मिति २०८० साउन १७ गते जिल्ला प्रहरी परिसर टेकू, काठमाडौँ घेराउ कार्यक्रममा सहभागी नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य दिलमाया मोक्तान ९नेरुता० लगायत ३ दर्जन बढी प्रदर्शनकारीलाई पक्राउ गरी चरम यातना दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, भट्टराईद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण रूपले प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाई अनावश्यक बल प्रयोग गरी दर्जनौंलाई घाइते बनाउनु, उल्टै घाइतेहरूलाई पक्राउ गर्नु र पक्राउपछि प्रहरी कार्यालयभित्र लगेर निर्घात कुटपिट गर्नु लोकतन्त्रको उपहास हो । प्रहरी, प्रशासनको यस्तो पञ्चायती शैलीको घोर भत्सर्ना गर्दछौँ ।’

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको उचित उपचारको माग समेत नेसपाले गरेको छ । साथै पक्राउ परेका सबै प्रदर्शनकारीलाई रिहाइको माग पनि गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारको माग गर्दछौँ । पक्राउ परेका सबै प्रदर्शनकारीलाई रिहाइको माग गर्दछौं । साथै, प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्ने प्रहरीहरूको तत्काल छानवीन गरी दोषीलाई कारबाही गर्न माग गर्दछौं ।’

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार १९:४१   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।