Logo

अर्थ

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुनचाँदीको मूल्य कुनै फेरबदल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ ।

हिजो छापावाला सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । यो दिन छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो ।

आज चाँदी तोलाको १ हजार ४२५ रुपैयाँ कायम भएको छ । हिजो पनि तोलाको १ हजार ४२५ रुपैयाँमै चाँदी कारोबार भएको थियो । यो दिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ११:३७   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।