Logo

मनोरञ्जन

पहिलो लाइभ सोका लागि जावेद अलीको नेपालमा



काठमाडौं । चलचित्र ‘रकस्टार’ को ‘कौन फाया कौन’ चलचित्र ‘गजनी’ को ‘गुजारिश’ चलचित्र ‘रांझना’ को ‘तुम तक’ चलचित्र ‘बजरंगी भाईजान’ को ‘तु जो मिला’ लगायतका ५०० भन्दा धेरै हिन्दी गीतका प्लेब्याक गायक जावेद अली नेपाल आइपुगेका छन् ।

शुक्रबार प्रिभे नेपाल, द सोल्टी काठमाडौंमा आफ्नो प्रस्तुतिको लागि उनी काठमाडौँ आइपुगेका हुन् । उनको नेपालमा हुने यो पहिलो प्रस्तुति हो ।

उस्ताद हमिद हुसेनका छोरा जावेद सानै उमेरदेखि लोकप्रिय कव्वाली गायनको वातावरणमा हुर्केका थिए । विभिन्न संगीत प्रतियोगिताहरुमा भाग लिएर, उनले आफ्नो गायन कलालाई अझै निखारे र अन्ततः उनी बलिउडमा जमे ।

लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको जावेद अली लाइभ इन नेपालका लागि उनी नेपाल आएका हुन् । आज शुक्रबार हुने उनको प्रस्तुती हेर्न माईपे डिजिटल वालेटबाट टिकेट लिन सकिने माईपेले जनाएको छ । संगित प्रेमिहरु उनको प्रस्तुती हेर्न अत्यन्त उत्साहित देखिएका छन् ।

टिकट काट्नकोलागि यो लिङ्क क्लिक गर्न सकिनेछ : https://bit.ly/Javed-Ali-Book-Ticket-Now

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार १४:०५   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।