काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टी केन्द्रीय सचिवालयको आज (शुक्रबार) बसेको बैठकले पूर्व सांसद समेत रहेका कर्माचार्यलाई पार्टीको नीति कार्यक्रम, संगठनात्मक पद्धति तथा निष्ठाविरुद्ध क्रियाकलाप गरेको भन्दै निष्कासन गरेको हो ।
‘पटक–पटक सम्झाउँदा पनि पार्टी हितविरुद्धका गतिविधि गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ’‚ पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनी यसअघि नेकपा एमालेसँग सम्बद्ध थिए । एमालेमा रहेको अवस्थामा ८ वर्षसम्म सिन्धुपाल्चोक जिल्लाको नेतृत्व गरेका कर्माचार्य २०७८ पुसमा एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।




















प्रतिक्रिया