Logo

प्रमुख समाचार

संगठन सुदृढीकरणका लागि कांग्रेसकाे आन्तरिक विशेष अभियान सुरु, १० दिनसम्म चल्ने



काठमाडाैं । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरू गरेको छ। साउन २ गतेदेखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकले संगठन सुदृढीकरणका लागि सुरूमा आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

साेहीअनुसार आज (साउन २०)देखि ३० गतेसम्म याे याे अभियान चल्ने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्यहरूलाई अभियानमा परिचालन गरेको छ। उनीहरूले संगठन बलियो बनाउन जिल्ला कार्यसमिति लगायत पार्टीका तल्ला समितिहरूसँग छलफल गरेर आवश्यक रणनीतिसमेत तय गर्नेछन्।

आन्तरिक अभियान सकिएपछि भदौ १० गतेदेखि २४ गतेसम्म `समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियान´ सञ्चालन हुने महामन्त्री शर्माले बताए। कांग्रेसले यो वर्ष ५ लाखदेखि ७ लाखसम्म सदस्य पार्टीमा थप गर्ने नीति लिएको छ। २०७८ मा भएको १४ औं महाधिवेशनमा कांग्रेस क्रियाशिल सदस्य ८ लाख ४६ हजार पुगेका थिए।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार १४:१८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।