काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक लम्बिने भएको छ । पाँच दिनमा सक्ने भनिए पनि आज (शनिबार) चौथो दिनसम्म आधा केन्द्रीय सदस्यले मात्रै बोल्ने क्रम सकिएकाले बैठक लम्बिने भएको हो ।
बैठकको समय थप सम्बन्ध आज साँझ पदाधिकारी बैठक बसेर आवश्यक निर्णय लिने उपाध्यक्ष मात्रिका यादवले जानकारी दिए । उनले बैठक लम्बिएपछि बैठक बस्ने ठाउँको खोजी पनि सुरु गरिएको बताएका छन् ।
शुक्रबारसम्म १ सय ४१ जना सदस्यहरूले आफ्ना धारणा राखेका थिए । शनिबार थप २ सय जनाको हाराहारीमा बोल्ने नाम टिपाएका छन् ।
केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनेछन् । त्यसपछि आवश्यक निर्णय गरेर बैठक सकिने छ ।




















प्रतिक्रिया