Logo

अर्थ

कृषि विकास बैंकको नाफामा बृद्धि , लाभांश क्षमता १९.८९ प्रतिशत



काठमाडौँ । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ९ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको यो खुद नाफा ३९.२८ प्रतिशत बढेको हो ।

गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७१ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १९.८९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले २ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको थियो। एक वर्षमा बैंकले ८७ करोड ३५ लाख रुपैयाँ खुदनाफा बढाएको छ।

बैंकको चुक्ता पुँजी १३ अर्ब ४५ करोड रुपैयाँ छ। जसको आधारमा बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १४.९२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ।

गत आवको चौथो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात बढेर २.४८ प्रतिशत पुगेको छ। अघिल्लो आवमा यस्तो अनुपात २.०९ प्रतिशत थियो बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६२ पैसा, प्रतिसेयर नेटवर्थ २ सय ११ रुपैयाँ ०६ पैसा, बेसरेट १०.०६ प्रतिशत, स्प्रेडरेट ३.९४ प्रतिशत र सिडी रेसियो ८१.७३ प्रतिशत छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ९९ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७१ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसबाट बैंकले ८ अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार १२:०३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।