Logo

बैंकिंग

बैंक तथा वित्तीय संस्थालाई म्युचुअल फण्ड सञ्चालनमा प्रतिबन्ध



बैंक तथा वित्तीय संस्थाले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालन गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको एकीकृत निर्देशनमा बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनी मार्फत सामूहिक लगानी कोष सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकका अनुसार सामूहिक लगानी कोष सञ्चालन गर्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४९ को उपदफा–१० को खण्ड (य) अनुसार तोकेको शर्त पालना गरेर इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनी मार्फत सामूहिक लगानी कोष सञ्चालन गर्न सक्ने छन् ।

त्यसको शर्तमा योजना व्यवस्थापनसँग सम्बन्धित कार्यका लागि सहायक कम्पनी खडा गर्नुपर्नेछ । त्यस्तो कम्पनी खडा गर्दा हुन गएको लगानीलाई राष्ट्र बैंकले तोके अनुसारको जोखिम भार प्रदान गर्ने भएको छ ।

कम्पनी खडा गर्न निम्नानुसार सर्त पुरा गर्नुपर्ने छ ।

–वित्तीय कारोबार सञ्चालन भएको ५ वर्ष पुरा भएको हुनु पर्ने छ । 

–पछिल्लो ३ वर्षदेखि लगातार मुनाफा गरेको हुनुका साथै सञ्चित नोक्सानीमा रहेको हुन नहुने, नेटवर्थ धनात्मक हुनु पर्ने 

–सञ्चालक वा कार्यकारी प्रमुख राष्ट्र बैंकको कारवाहीमा नपरेको र त्यस्तो कारवाहीमा परेको भए फुकुवा भएको ३ वर्ष पुगेको हुनु पर्ने 

प्रकाशित : २४ भाद्र २०७७, बुधबार